तीन करोडमा नेपाल ल्याइयो 'बाहुबली २'


महंगो मूल्यमा दक्षिण भारतीय फिल्म 'बाहुबली: द कन्क्लूजन' को नेपाल राइट्स बिक्रि भएको छ । वितरक सुनिल मानन्धरको श्रीराम बालाजी पिक्चर्सले यो फिल्म तीन करोड तिरेर नेपाल प्रदर्शन अधिकार पाएको हो ।

एसएस राजामौली निर्देशित फिल्म 'बाहुबली' को पहिलो भाग पनि सुनिल मानन्धरकै सक्रियतामा दर्शना आर्टस् ले नेपाल भित्राएको थियो तर पछि सुनिलले दर्शना आर्टस् छाडेका थिए ।



'बाहुबली' को पहिलो भाग १.५ करोडमा नेपाल ल्याइएको थियो भने यसको दोस्रो भाग महँगो मूल्यमा निर्माण भएको र दुई बर्षदेखी दर्शकहरुको प्रतिक्षामा रहेका कारण श्रीराम बालाजीले तीन करोड तिर्दै 'बाहुबली: द कन्क्लूजन' नेपाल प्रदर्शन अधिकार पाएको हो ।

फिल्मको पहिलो भागले नेपालबाट राम्रो पैसा छापेको कारण दोस्रो भागले पनि दर्शकहरुको मन जित्नेमा सुनिल मानन्धर विश्वस्त छन् । २०१७, २८ अप्रिलमा रिलिज हुन लागेको यो फिल्ममा प्रभास, राणा दग्गुबती, अनुष्का शेट्टी लागयतका कलाकारहरु लिड रोलमा छ ।

यस्तै, 'बाहुबली २' ले करिब २ बर्षदेखी दर्शकहरुको जिज्ञासाको उत्तर पनि दिँदैछ, 'आखिर किन मारे त कटप्पाले बाहुबलीलाई ?'


 

Comments

Popular posts from this blog

Priyanka Karki & Ayushman Love Story

Rip Narayan Gopal & Queen Aishwarya Love Story