शुक्रबार रिलीज भएको चलचित्र ‘राधे’ बिबादमा,’राजतन्त्र’को समर्थन गरेको आरोप -




गत शुक्रबार रिलीज भएको नेपाली फिल्म ‘राधे’ लाई राजतन्त्रको समर्थन गरेको आरोप लागेको प्रसंग यतिबेला चर्चामा छन् ।

यो चलचित्रमा एउटा संवाद समावेश गरिएको छ, ‘बाउ लेखेटेर आमा बेचेर खानेहरुसँग कसरी मिलेर बस्ने ?’ यो संवादले नेपालबाट हटिसकेको राजतन्त्रको समर्थन गरेको आरोप लागेको हो ।



निर्माता सुशिल पोख्रेल स्वयंमले यो संवादले गर्दा आफूहरुलाई राजतन्त्रको समर्थनको आरोप लागेको उल्लेख गर्दै स्टाटस लेखेका छन् । ‘यो हामीले सांकेतीक रुपमा उठान गर्न खोजेका हौ । चलचित्रमा सिधै नभनिएतापनि सांकेतिक रुपमा राजतन्त्रकै समर्थन गर्न खोजिएको हो’ पोखरेलले स्टाटसमा लेखेका छन् ।

निखिल उप्रेती, प्रियंका कार्की, अशिष्मा नकर्मी लगायतका कलाकारले यो चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । ‘राधे’ले ओपनिङ व्यापार आक्रमक गरेको थियो ।

- See more at: http://ebreakingkhabar.com/archives/4838#sthash.1VEOEh6b.u0WyHLTM.dpuf

Comments

Popular posts from this blog

Priyanka Karki & Ayushman Love Story

Rip Narayan Gopal & Queen Aishwarya Love Story

तीन करोडमा नेपाल ल्याइयो 'बाहुबली २'