२१ वर्षीया रन्जु विवेकशीलबाट काठमाडौं मेयरकी उम्मेदवार
विवेकशील नेपाली दलले आगामी स्थानीय चुनावमा २१ वर्षकी रन्जु दर्शनालाई काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने भएको छ।
लामो आन्तरिक छलफल तथा परामर्शपछि विवेकशील नेपाली दलले रन्जु दर्शना लाई काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारको रुपमा चयन गरेको सो दलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। ‘मेयरको कार्यालयलाई जनताको लागि छिटो, छरितो तथा प्रभावकारी ढङ्गले सेवा प्रदान गर्ने लक्ष्यमा तल्लीन भई काठमाडौँलाई संसारकै सुन्दर सहर बनाउने सपना लाई आत्मसात् गर्न तथा त्यस अभियानको नेतृत्व गर्न उर्जाशील युवा पुस्ता नै सबैभन्दा उपयुक्त हुने भएकोले उनलाई चयन गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ।
विवेकशील नेपाली दलले आह्वान गरेको खुला उम्मेदवार नीतिअन्तर्गत काठमाडौँको मेयर पदको लागि दर्शनाले उम्मेदवार बन्न चाहेको बताएकी थिइन्। निर्णायक मण्डलको सुझावमा दलले सुन्दर काठमाडौँको सपनालाई अगाडि बढाउन उनी नै सबभन्दा उपयुक्त उम्मेदवार भएको ठहर गरी घोषणा गर्ने निर्णय गरेको विवेकशील दलले जनाएको छ।
Comments
Post a Comment