नारायणकाजीमाथि प्रधानमन्त्री प्रचण्डको ‘इनकाउन्टर’
वैशाख ५, काठमाडौं – प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नौ पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठमाथि राजनीतिक ‘इनकाउन्टर’ गरेका छन् । श्रेष्ठले राष्ट्रिय सहमतिको सरकारका लागि प्रमुख दलहरुबीच प्रयास भैरहेको बताएपछि त्यस विषयमा प्रचण्डले ‘इनकाउन्टर’ गरेका हुन् ।
माओवादीको तीन नम्वर प्रदेशको पोलिटव्यूरो तहका नेताहरुको वैठकमा पुगेका प्रधानमन्त्री प्रचण्डलाई केही नेताले ‘चुनावको मुखमा राष्ट्रिय सहमतिको सरकारको कुरा बरिष्ठ नेताले बाहिर ल्याउन भएको छ । के यो पार्टीको आधिकारीक धारणा हो ?’ भन्ने प्रश्न राखेका थिए । यही प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नै पार्टीका नेता श्रेष्ठमाथि प्रहार गरेका हुन् ।
वैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले चुनाव भाँड्ने नियतले राष्ट्रिय सहमतिको सरकारको कुरा आएको बताएका थिए । अहिले राष्ट्रिय सहमतिको सरकारको कुरा गर्नु हानिकारक हुने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।
‘चुनावको मुखमा यतिबेला राष्ट्रिय सरकार भन्नु निर्वाचन भाड्ने षडयन्त्र हुन्छ । अहिले राष्ट्रिय सहमतिको कुरा चुनाव अगाडि हानिकारक छ । यस्तो सरकार अहिले सम्भव पनि छैन । स्थानीय तहको चुनावपछि यो विषयमा कुरा गर्न सकिन्छ ।’
प्रचण्डको भनाई उद्धृत गर्दै माओवादी केन्द्रका एक पोलिटव्यूरो सदस्यले रातोपाटीलाई बताए, ‘हुन त प्रकाश कमरेड मसँग सम्पर्कमै हुनुहुन्छ । उहाँले यतिबेला यो कुरा नगरेको भए राम्रो हुने थियो । मलाई लाग्छ, उहाँले चुनाव विथोल्नका लागि यो बोलेको होइन । जे भएपनि उहाँले भनेको कुरा, मेरो सरकार गठन अगाडिको पार्टीको लाइन हो । अहिलेको होइन ।’
यस्तो थियो श्रेष्ठको ट्वीट
Comments
Post a Comment