अर्को रहस्यमय गोली काण्ड, ३ दिनपछि प्रहरीले थाहा पायो : ‘कोठा पुगेर लुगा खोल्दा घाइतेले रगत देखे’



काठमाडौं – ललतिपुरमा आइतबार बेलुका गोली प्रहारको घटना भएको छ ।ललितपुरमा आइतबार बेलुका सन्तोष खड्कालाई गोली हानिएको हो । चैत २९मा गोरीघाटको दिव्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भएको थियो ।लललिपुर घटनामा घाइते उपचारका लागि पाटन अस्पताल पुगेपछि मात्र प्रहरीको जानकारीमा आएको हो । आजको नागरिकमा खबर छ ।

गोली लागेको तस्रो दिन घाइते उपचारका लागि अस्पताल भर्ना हुनु, प्रहरीलाई जानकारी नगराउनुजस्ता कारण घटना रहस्यमय भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

क्रिस्चियन महासंघको सचिवसमेत रहेका खड्का मंगलबार बिहान पाटन अस्पताल पुगेका थिए । कम्मरमुनि गोली अड्केको एक्सरे बोकेर उनी अस्पताल पुगेका थिए ।

खड्काको दाबीअनुसार आइतबार बेलुका घर फर्कने क्रममा ललतिपुरको जिल्ला प्रशासन कार्यालय पछाडीको सडकमा केही पड्किएको आवज उनले सुनेका थिए । उनी मोटरसाइकलमा थिए ।

उनी मोटरसाइकल नरोकी सीधै कोठामा पुगे । सर्ट खोल्दा रगत देखेपछि घाउ लागेको चााल पाएको प्रारम्भिक बयान खड्काले दिएको प्रहरीले जनायो ।

Comments

Popular posts from this blog

Priyanka Karki & Ayushman Love Story

Rip Narayan Gopal & Queen Aishwarya Love Story

तीन करोडमा नेपाल ल्याइयो 'बाहुबली २'