भारतीय मिडियाले भने ‘नेपाललाई भारतले दियो चेतावनी’ पढ्नुहोस, भारतीय मिडियामा यसरि भयो रुवाबासी



काठमाडौं, ६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण र मंगलबार नयाँ दिल्लीमा भएको उच्चस्तरीय राजनीतिक भेटवार्ताबारे नेपालका सबैजसो दैनिक पत्रिकाले मुख्य पृष्ठ मै समाचार प्रकाशित गरे पनि भारतीय पत्रिकाले उक्त समाचारलाई प्राथमिकता दिएका छैनन् ।
केही भारतीय अखबारले राष्ट्रपति भण्डारीको भारत भ्रमण र उच्चस्तरीय भेटवार्तामा भारतले नेपाललाई चेतावनी दिएको खुलासा गरेका छन् ।
नवोदय टाइम्सले दोस्रो पृष्ठमा ‘भारतले दियो नेपाललाई सचेत रहने चेतावनी’ भावको शीर्षक राखेर समाचार प्रकाशित गरेको छ । ‘चीनतर्फ प्रष्ट इशारा गर्दै भारतले नेपाललाई ती देशमाथि आश्रित नहुन चेतावनी दिएको छ, जो आफ्ना शर्तका आधारमा सहायता गर्न र क्षमता निर्माणलाई बढावा नदिन चाहन्छन्,’ समाचारमा भनिएको छ ।

Comments

Popular posts from this blog

Priyanka Karki & Ayushman Love Story

Rip Narayan Gopal & Queen Aishwarya Love Story

तीन करोडमा नेपाल ल्याइयो 'बाहुबली २'