‘नेप्टे’ मा कस्तो होला दयाहाङ र छुल्ठिमको जोडी ?





फिल्म ‘नेप्टे’ निर्माणको औपचारिक घोषणा गरिएको छ । देव कुमार श्रेष्ठको निर्देशन रहने फिल्ममा अभिनेता दयाहाङ राई शिर्ष भूमिकामा प्रस्तुत हुँदैछन् भने अभिनेत्री छुल्ठिम गुरुङ दयाको अपोजिट अर्थात् ‘नेप्टी’ को भूमिकामा प्रस्तुत हुँदैछिन् । आफैं पनि महत्वपूर्ण भूमिकामा प्रस्तुत हुन लागेका कलाकार रोहित रुम्बाले ‘नेप्टे’ निर्माण गर्न लागेका हुन् ।

फिल्म ‘नेप्टे’ मा सामाजिक कथा वस्तुलाई रोचक ढंगले उठाइने निर्देशक श्रेष्ठले जानकारी दिए । दायाहाङले कलाकार तथा निर्माता रुम्बासँग आफ्नो पुरानो मित्रताको किस्सालाई प्रेसमिटमा सम्झिए । फिल्म ‘मेरो एउटा साथी छ’ मा दयाले छोटो र रोहितले एक सिनमा काम गरेका थिए । यता ‘डायरी’ की निर्मात्री छुल्ठिमले दयाहाङसँग काम गर्ने रहर पुरा भएकोमा खुसी व्यक्त गरिन् । उनले दयासँग आफ्नो जोडी सुहाउने पनि आशा राखिन् ।

Comments

Popular posts from this blog

Priyanka Karki & Ayushman Love Story

Rip Narayan Gopal & Queen Aishwarya Love Story

तीन करोडमा नेपाल ल्याइयो 'बाहुबली २'