२ लाख कुम्ल्याएर नायिका निशा अधिकारी बेपत्ता भएपछि‘
काठमाडौँ । नायिकाको कारण निर्माता(निर्देशकबीच शितयुद्ध चर्किएको छ ।नगद नारायण कुम्ल्याएर नायिका फरार भएपछि निर्माता, निर्देशकको रुवावासी मात्र मच्चिएको छैन । यही कारण दुई बीच बोलचाल नै बन्द भएको छ । २ लाख नगद लिएर नायिका फरार भएपछि निर्माता आकाश पल र निर्देशक दीपक बलीबीच बोलचाल नै बन्द भएको छ । यसरी निर्माता र निर्देशकबीचको तनाव पैदा गराउने नायिका हुन निशा अधिकारी ।एक हप्ता सुटिङ बाँकी नै रहँदा अधिकारीले पारिश्रमीकबापतको रकम दुईलाख हात पारेपछि निर्माता–निर्देशकमात्र होइन चलचित्र युनिटको फोन उठाउन छाडेपछि तनाव उत्पन्न भएको हो ।
अधिकारीले यही चलत्रित्र प्युठानमा छायांकन गर्दा केही महिना अगाडि स्वर्गद्वारी होटमा मध्यरात बियर खाएर उत्पात मच्चाएको निर्माता युनिटले विर्सिएको छैन् ।आजको जनआस्थामा खबर छ ।
Comments
Post a Comment